नवलपरासी, २५ माघ । नवलपरासीमा ‘रेड हाउस जडंल रिसोर्ट’ खुलेको छ । र, विभिन्न किसिमका फर्महरु सञ्चालन गर्दै आएका व्यवसायी समुहबाट खोलिएको रिसोर्टले पाँच सय जनालाई रोजगारी दिएको छ ।
यो रिसोर्टमा १७ वटा डिलक्स कोठाहरु छन् । चितवन नेशनल पार्कको बफर जोनमा रहेको र भरतपुर एयरपोर्टबाट १९ किमी पश्चिमतिर अवस्थित यो रिर्सोटमा प्राकृतिक बातावरनमा बस्न पाइनृका साथै विभिन्न जडंल, गाउँ घुम्ने कार्यक्रम, स्थानीय सांस्कृतिक कार्यक्रमहरुको आनन्द लिन पाइने तथा बिभिन्न अन्तर्राष्ट्रिय स्तरका खाना उपलब्ध हुनुको साथै स्वास्थवर्धक नेपाली अर्गानिक खाना समेत खान पाइने ब्यवस्था छ ।
प्रकृतिप्रेमी तथा आन्तरिक पर्यटकलाई समेत लाई आकर्षनको स्थान हुनसक्ने गरी बनाएको यो रिसोर्टको विशेष कार्यक्रमका साथ माघ २२ गते शनिबार सेवाको शुभारम्भ गरियो ।
पर्यटन ब्यवसायमा थप टेवा पुर्याउने र भविश्यमा अन्य कृषिजन्य व्यवसायहरुलाई पनि बढाउदै लैजाने र आन्तरिक रोजगारी बढाउने उद्देश्य रहेको रिसोर्ट व्यवसायीहरुले बताउनुभयो ।















प्रतिक्रिया