४ मंसिर २०८३, शुक्रबार

सुदूरपश्चिममा भूकम्पको कडा धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विनोद सिंह विष्ट

बैतडी, २५ माघ । भारत केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडी लगायत सुदूरपश्चिमका अधिकांश जिल्लामा महशुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताका अनुसार भारतको उत्तराखण्ड प्रदेशको बद्रीनाथ क्षेत्र आसपास केन्द्र बनाएर राति १० बजेर ४८ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको हो ।

लामो समय सम्म भूकम्पको धक्का महशुस गरिएका कारण स्थानीयवासी त्रसीत बनेर घरवाहिर तथा खुला ठाउमा जम्मा भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले भूकम्पले क्षति पुर्यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको र सबैठाउमा सम्पर्क गरी भूकम्पको क्षतीवारे संकलन भइरहेको बताउनुभयो । – रासस