काठमाडौं, २ असोज । संयुक्त अधिराज्यसंगै बस्ने वा छुट्टिएर स्वतन्त्र राज्यको रुपमा रहने भन्ने जनमत संग्रहमा स्कटल्याण्डका ४२ लाख ८५ हजार ३ सय २३ जनताले भाग लिएका छन् ।
स्थानीय समय अनुसार विहान सात बजेबाट सुरु भएको मतदानमा स्वतन्त्रताका पक्षमा मतदान गर्नेले ‘एस’ र विपक्षमा मतदान गर्नेले ‘नो’ मा मतदान गर्ने छन् । मतपत्रमा दुई वटा मात्र विकल्प दिइएको बीबीसीले जनाएको छ ।
७ लाख ८९ हजार २४ जनाले हुलाकबाट मतदान गर्ने गरी नाम दर्ता गरेका छन् ।
मतदानका लागि २ हजार ६ सय ८ वटा केन्द्र निर्धारण गरिएको छ । मतदान साँझ ८ बजेसम्म जारी रहने छ । साथै जनमत संग्रहको नतिजा शुक्रबार बिहान आउने छ ।
यस मतदानमा स्वतन्त्रताका पक्षधरले जितेमा स्कटल्याण्ट छुट्टिने छन् । संयुक्त अधिराज्यको नक्सामा परिवर्तन हुने छ ।
यदी यूकेमै रहने भन्नेले जितेको खण्डमा स्कटल्याण्ले थप सुविधा र थप शक्ति पाउने छ । यो बाचा यूकेका प्रधानमन्त्री डेभिड क्यारुनलगाएतका नेताले गरिसकेका छन् ।
















प्रतिक्रिया