काठमाडौं, २ असोज । संवैधानिक परिषदले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा पूर्व प्रधान्यायाधीश अनुपराज शर्मालाई सिफारिस गरेको छ ।
शर्मासहित अन्य सदस्यहरुको नियुक्तिका लागि पनि परिषदले सिफारिस गरेको छ ।
परिषदको बिहीबार बसेको बैठकले पूर्व प्रधान्यायाधीश अनुपराज शर्मालाई आयोगको अध्यक्षमा सिफारिस गरेको हो ।
त्यस्तै आयोगको सदस्यमा सर्वोच्चका पूर्व न्यायाधीश प्रकाश वस्ती, वरिष्ठ अधिवक्ता गोविन्द शर्मा पौडेल, सुदिप पाठक र मोहोना अन्सारीको नाम सिफारिस गरेको छ ।
परिषदले गरेको सिफरिसमा संसदीय सुनुवाई पछि राष्ट्रपतिबाट नियुक्ति हुनेछ ।
















प्रतिक्रिया