काठमाडौं, २४ माघ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा बाँके जिल्लाको बागेश्वरी गा. वि. स.वडा नं. २ खजुरामा आफ्नो ४३ औं शाखा संचालनमा ल्याएको छ ।
उक्त शाखाको औपचारिक समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, नेपाल राष्ट्र बैँक, नेपालगञ्जका निर्देशक गुरु प्रसाद पौडेल, तथा कार्यक्रमका सभापति बाँके उद्योग वाणिज्य महासंघका अध्यक्ष नन्दलाल वैश्यको उपस्थितिमा बैंकका संचालक अरुण श्रेष्ठ तथा कार्यक्रमका विशिष्ट अतिथी बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थद्धारा सोमबार संयुक्त रुपमा गरिएको थियो । साथै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
खजुरा शाखा सहित बैंकले ४३ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ३९ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।
बैंकको आ.व. २०७३।७४ को दोश्रो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ४१.०३ अर्ब, कुल कर्जा ३६.२० अर्ब रहेको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा रु.५४.०६ करोड रहेको छ ।















प्रतिक्रिया