२९ आश्विन २०८३, बिहिबार

आफ्नै सचिवको संवेदनशील अंगमा तातो चिया खन्याएर पद्मकन्याकी स्वस्तिका फरार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

22222

काठमाडौं, २ असोज । पद्मकन्या क्याम्पसकी स्ववियुकी सभापति समेत रहेकी नेविसंघ नेतृ स्वस्तिका पोखरेलले आफ्नै साथीमाथि तातो चिया खन्याएकी छिन् ।

स्ववियु सचिवसमेत रहेकी एन्जिला न्यौपानेमाथि पोखरेलले तातो चिया खन्याएकी हुन् ।

न्यौपानेको संवेदनशील अंगमा तातो चिया खन्याएपछि पोखरेल फरार भएकी छिन भने । न्यौपानेलाई अस्पताल भर्ना गरिएको छ ।

न्यौपानेको कुम र छातीमा घाउ भएको छ । उनको संवेदनशील अंग समेत पोलिएको छ ।

घाइते न्यौपाने सुशील कोइराला पक्षधर हुन् भने पोखरेल शेरवहादुर देउवा पक्षधर हुन् । स्वस्तिका पक्षको आक्रमणबाट शोभा भण्डारी, रुपा पोखरेल र पवित्रा गौडेल पनि घाइते भएका छन् ।

नेविसंघको महाधिवेशन स्थगित भए पनि पद्मकन्या क्याम्पसको इकाइ अधिवेशनको विवादका कारण उक्त घटना भएको नेविसंघ स्रोतले जनाएको छ ।

नेविसंघ इकाइले आयोजना गरेको चियापान कार्यक्रममा स्वस्तिकासहितको टोलीले आफूहरुले बोल्न पाउनुपर्ने भन्दै निहुँ झिकेर आक्रमण गरेका हुन् ।