३ कार्तिक २०८३, मंगलबार

एनआरएनको आठौं क्षेत्रीय सम्मेलन जापानमा सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nrn-nagano-1
जापान, २ असोज । गैरआवासीय नेपाली संघको आठौं क्षेत्रीय सम्मेलन जापानको नागानोस्थित तातेसिना रिसोर्टमा सुरु भएको छ ।

सम्मेलन बिहीबारबाट सुरु भएको हो । सम्मेलनमा नेपालको आर्थिक विकास लागि मार्गचित्र कोर्ने प्रमुख लक्ष्य लिएको छ ।

जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, एनआरएन अध्यक्ष शेष घले, सभासद् गगन थापा र स्थानीय चिनो शहरका मेयरले संयुक्तरुपमा सम्मेलनको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा अर्थमन्त्री डा।.रामशरण महत आउँने तय भए पनि उहाँ आउन नसक्नु भएपछि उहाँले स्काइपबाटै सम्मेलनलाई सम्बोधन गर्नुभयो ।

स्काइपबाट सम्मेलनलार्इ सम्बोधन गर्दै अर्थमन्त्री महतले बिदेशमा नेपालीले आर्जन गरेका सीप, पूँजी र जाँगर नेपालमा लगाउनुपर्ने सुझाव दिनुभयो । सम्मेलनलाई सम्बोधन गर्दै एनआरएन अध्यक्ष शेष घलेले मुलुकको आर्थिक विकाशको मार्गचित्र कोर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलन आयोजक समितिका संयोजक एवं एनआरएन उपाध्यक्ष भवन भट्टले एउटा सानो सम्मेलनले पनि नेपालको आर्थिक विकाशको मार्गचित्र कोर्न सुरुवात गर्न सक्ने बताउनुभयो ।

एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनको भवन निर्माणका लागि भइरहेको अर्थ संकलन अभियानमा ऐक्यबद्धता जनाउनुभयो ।

उहाँले भवन निर्माणका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभयो । सभासद् गगन थापाले एनआरएनले उठाएका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

जापानका लागि नेपाली राजदूत भट्टराईले जापानसँग दोहोरो कर अन्त्यसम्बन्धी सम्झौताका लागि पहल भइरहेको भन्दै सम्झौतापश्चात जापानमा रहेका नेपालीले नेपालमा लगानी गर्दा दोहोरो कर तिर्नु नपर्ने बताए ।