पोखरा, २ असोज । कास्कीको लेखनाथमा रहेको एकिकृत दृष्टीविहिन छात्राबासमा बस्ने दृष्टीविहिन छात्रा बलात्कारको शिकार बनेकी छन्।
उनलाई छात्राबास कै इन्चार्जले बलात्कार गरेका हुन् ।
आफुले भनेको विषय पढ्न नमानेको भन्दै छात्राबासँका इन्चार्ज दण्डपाणी ढकालले एक्लै भएको मौका छोपि छात्रालाई बलात्कार गरेका हुन्।
४७ वर्षीय ढकालले १८ वर्षीय छात्रालाई छात्राबासको अथिति कक्षमा लगि बलात्कार गरेको भन्दै ती छात्राले जाहेरी दिएपछि त्यसको रहस्य खुलेको हो ।
जनप्रकाश उच्चमावि भण्डारढिकमा कक्षा ११ मा अध्ययनरत छात्रा एक महिना पहिले मात्रै होस्टेलमा आएकी थिइन्।
ढकाल शिक्षक पनि हुन् । आफु समेत दृष्टीविहिन रहेकाा ढकालले छात्रालाई भदौ १९ गते बलात्कार गरेका थिए।
उजुरीमा भदौ १९ गते क्याम्पसबाट साढे तीन बजेतिर होस्टेलमा आई पढ्नका लागि बाहिर निस्किने क्रममा ढकालले जर्वजस्ती अतिथि कक्षमा लगेको उल्लेख छ।
छात्रालाई ढकालले गाला मुसार्ने, सम्बेदनशिल अङ्ग चलाएको र मुख थनेर बलत्कार गरेको छात्रको उजुरीमा उल्लेख छ। बलत्कार पछि पनि अन्य दिन एक्लै भेट्ने वित्तिकै सम्बेदनशिल अङ्ग चलाउने गरेपछि छात्राले उक्त रहस्य बाहिर ल्याएकी थिइन ।
















प्रतिक्रिया