सिरहा, २४ माघ । संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य सत्यनारायण यादबले प्रमुख तीन दलका नेताहरुलाई नष्लबादीको संज्ञा दिदै उनीहरुकै कारण देशमा विखण्डनको आवाज उठन थालेको बताएका छन् ।
लहान सिटी जेसिजको १५ औं स्थापना तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रमुख तीन दललाई सुध्रन सुझाव दिए । उनले भने, ‘प्रमुख तीन दलका नेताहरु सुध्रेर मधेसी मोर्चाको माग सम्बोधन नगरे भोलीको दिनमा यहाँका हरेक यूवाले मधेस देशको पक्षमा जानसक्छ ।’
मधेसी जनता पहिचान र अधिकार खोजेको बताउँदै उनले संविधान संशोधन नगरी कार्यान्वयण नहुने बताए । उनले चुनाव गराउन पनि संविधान संशोधन जरुरी भएको बताए । उनले भने, ‘राजनीतिक परिवर्तन बिना समाज परिवर्तन हुन सक्दैन ।’
कार्यक्रमका प्रमुख अतिथि रहेका उधोग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकासँग उनले मधेसीको माग पुरा गराउन पहल गर्न आग्रह गरे ।
‘मुरारकाजी तपाई मधेसकै भुमिमा जन्मिनुर हुर्किनु भएकोछ,’ नेता यादबले भने, ‘त्यसैले तपाईले मधेसी जनताको पहिचान र अधिकारको बकालग गरिदिनुस् । तपाई पनि कहिलेकाँही नष्लबादीहरुकै पक्षमा बोल्दा दुःख लाग्छ ।’












प्रतिक्रिया