३ कार्तिक २०८३, मंगलबार

सिरहामा एउटा ठूलो उधोग खोल्ने मुरारकाको प्रतिवद्धता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन्तोष यादब

सिरहा, २४ माघ । उधोग बाणिज्य महासँघका अध्यक्ष पशुपति मुरारकाले सिरहामा एउटा ठूलो उधोग स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् ।

लहान सिटी जेसिजको १५ औं स्थापना तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिरहामा नाफा कमाउन मात्र नभएर प्रतिष्ठाकै लागि उधोग खोल्ने बताए । ‘लहानको विकासका लागि यहाँ नै उधोग राख्ने सोच हुँदाहुँदै पनि केहि कारणबस उधोगहरु विराटनगर सार्न बाध्य भएको उनले भने ।

लहानमा शरिर नभएपनि आत्मा पक्कै रहेको बताउँदै उनले सिरहाको विकास होस् भन्ने चाहना अझै रहेको उनले बताए । उनले भने, ‘सिरहामा उधोगहरु स्थापना गर्न पहल गर्छु र वातावरण बताउन यहाँकै समाजले भुमिका खेल्नुपर्छ ।’

उनले देशमा राजनीतिक अस्थिरताकै कारण देशमा उधोग धन्दा पनि नफस्टाएको गुनासो गरे । आफ्नो स्वार्थ पुरा गर्न राजनीतिक दलका नेताहरु बन्द हड्ताल गर्ने गरेकोमा दुःख व्यक्त गर्दै उनले उधोग बन्द गराउने कुनै दललाई सहयोग गर्न नसक्ने धाराणा राखे ।