काठमाडौं, २४ माघ । नेपालीले विकास गरेको सोसियल कमर्स साइट सगुनले अमेरिकामा मिनी आइपिओ स्वीकृत भएको खवरले विश्वभर रहेका प्रवासी नेपालीहरुले लगानीको लागि उच्च चासो देखाएका छन् । सामाजिक संञ्जालको इतिहासमा पहिलो पटक मिनी आइपिओ सर्वसाधारणलाई खुल्ला गर्ने सगुन पहिलो कम्पनी बनेको बताइएको छ । सगुनले बिश्वबजारमा पाएको यो सफलतालाई प्रवासी नेपालले निक्कै चासोका साथ हेरेका छन् ।
कोरिया, अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान युरोप तथा खाडी लगायतका विभिन्न देशमा रहेका नेपालीहरुले मिनी आइपिओमा लगानी गर्न इन्ट्रेस सो गरेका थिए । भने हाल कसरी लगानी गर्ने भनेर सयौको संख्यामा दैनिक इन्क्वाइरीहरु आइरहेको सगुनका अधिकारीहरुले बताएका छन् । सगुनले अमेरिकी नियामक सेक्युरिटी एन्ड एक्स्चेन्ज कमिसन ९एसइसी० बाट गत साता मिनी आइपिओ जारी गर्ने अनुमति पाएसगै बिश्वभरबाट लगानीको लागी चासो बढेको हो ।
सगुनले आगामी फेब्रुअरी ९ देखि मिनी आइपिओ खुल्ला गरी सर्वसाधारणबाट लगानी जुटाउने जनाएको छ । अरुभन्दा फरक रहेको सगुनले आफूलाई सामाजिक संजालमा मात्र सिमित राखेको छैन, यसले तपाईंलाई कमाउने योजना समेत सार्वजनिक गरेको छ ।
अमेरिकामा बसेर आइटीमा केही नयाँ प्रयोग गर्न सक्रिय रहेका नेपाली गोविन्द गिरी, कविन्द्र सिटौलासहितको टोलीले विकास गरेको सगुन यतिखेर विश्वभरका मिडियामा चर्चा बटुलिरहेको छ ।
अमेरिकाको पेन्टागनको जागिर छाडेर गिरीले आइटीमा केही गर्ने आफ्नो हुटहुटीलाई साकार रुप दिन आफ्नै घरको बेसमेन्टमा रहेका अध्यारो कोठामा सगुनको आइडियालाई साकार रुप दिदै यहासम्म आइपुगेका हुन् । उनको अथक मेहनतले अहिले संसारका मानिसहरुको ध्यान तानिरहेको छ ।
सुरुमा अमेरिकामा रहेका नेपालीहरुले ५ करोड लगानी गरेर सगुन स्थापना गरेका हुन् । विस्तारै विदेशी ठूला लगानीकर्ताले सगुनमा आँखा पर्न थालेको छ । सगुनको एउटा समुह भारतमा बसेर डेभलपमेन्टको काम गरिरहेको छ । भारतका मिडियाहरुले सगुनलाई आफ्नो मुलुकमा हुर्केको फरक खालको सामाजिक संजाल भनेर प्रचार गरिरहेका छन् । त्यस्तै अमेरिकाका संचारमाध्यमले पनि यसलाई स्थान दिन थालेका छन् ।
सगुन डटकमलाई पछिल्लो पटक सोसल स्मार्ट कार्डका रुपमा प्रयोग गर्न सकिने गरी सार्बजनिक गरिएको छ । विशेष प्रकारले डिजाइन गरिएको यस कार्डले ग्राहकलाई अनलाईन सपिङ गर्न/उपहार पठाउन प्रयोग गर्ने गरी बजारमा अर्को बर्षदेखि ल्याउने सगुनका संस्थापकहरुको योजना छ । सगुनको कमाइको अंश यसका प्रयोगकर्ताबीच बाँड्नु पर्छ भनेर उनीहरुले फरक अबधारणा साथ सगुनलाई सर्बसाधारण बिच ल्याएका छन् ।
सगुनले यतिखेर अमेरिकन धितोपत्र नियमक निकायबाट अमेरिकी सेयर बजारमा आफ्नो मिनी आइपिओ निस्कासन स्वीकृत पाएसगै विश्वभरका लगानीकर्ताहरुको ध्यान तान्दै छ ।
स्टार्ट अप चरणमा रहेको यस कम्पनीले थप लगानी जुटाउन मिनी आइपिओ जारी गर्न लागेको हो । सगुनले अमेरिकी सेक्युरिटी एक्सचेञ्ज कमिशन (एसइसी)सँग अनुमति माग्दै निवेदन दिएको छ । फेब्रुअरीको ९ तारिकबाट सगुनले मिनी आइपिओ मार्फत सर्वसाधारणलाई सेयर जारी गर्ने बताइएको छ ।
सगुनले मिनी आइपिओबाट २ अर्ब रुपैयाँ बराबर जुटाउने तयारी गरेको छ । संसारभर रहेका लगानीकर्ताले सगुनमा लगानी गर्न सक्छन् । संस्थापक नेपाली भएकाले विदेशमा रहेका नेपालीलाई लगानी गर्न प्रोत्साहन गरिरेहका छन् । के थाहा भोलि सगुनको अबस्था अहिलेको फेसबुकको जस्तै राम्रो बन्न सक्छ । त्यतिबेला यसको कमाइको ठूलो हिस्सा नेपालीको भागमा परोस् भन्ने उनीहरुको चाहना हो ।
सगुनको मिनी आइपिओमा विदेशमा रहेका नेपालीले मात्र लगानी गर्न पाउँछन् । नेपालबाट भने विदेशमा लगानी गर्न कानुनले दिँदैन । मिनि आइपीओमा सगुनले प्रतिकित्ता २३ रुपैयाँ दरका ८ लाख ७० हजार कित्ता शेयर जारी गर्नेछ । सगुनको चुक्ता पूँजीको यो करिव २१ प्रतिशत हो । सगुनमा लगानी गर्न चाहने हरेक ब्यक्तिले कम्तिमा २ सय ९९ डलर अर्थात करिव ३० हजार रुपैयाँ लगानी गर्न सक्छन । यो भनेको १३ कित्ता सेयर बराबर हो । त्यसभन्दा बढी लगानी गर्न कुनै सीमा छैन ।
सेयर आवेदन खुलेपछि भने सेयर तुरुन्त नभरे पाउने सम्भावना न्युन हुन्छ । पहिले सेयर भर्नेहरुले तोकिएको कित्ताको सीमासम्म आवेदन गरे सेयर निस्कासन बन्द हुने छ । नेपालमा जस्तो तोकिएको दिनसम्म आवेदन लिएर सबै आवेदकलाई चिठ्ठाका आधारमा सेयर बाँडफाँट गर्ने प्रक्रिया यसमा अपनाइँदैन । फस्टकम फस्ट सर्भिस अनुसार पहिले लगानी गर्नेले मागे जति सेयर खरिद गर्न सक्नेछन् ।
विदेशमा रहेका नेपालीले अनलाइनमार्फत सेयर किन्न सक्छन् । सगुन डटकमको साइटमा गएर इन्भेष्ट नाउमा रहेको फर्म भरेपछि आएको मेललाई लिएर आफ्नो बैकखाता भएको बैकमा गएर वायर ट्रान्फर गरी सेयर खरिद गर्न सकिनेछ । अमेरिका लगायत कतिपय देशहरुबाट अनलाइनबाट समेत भुक्तानी गर्न सकिन्छ । तपाईं विदेशमा हुनुहुन्छ र लगानी गर्ने सोचमा हुनुहुन्छ भने यो लगानीको लागि राम्रो अवसर हुन सक्नेछ ।















प्रतिक्रिया