१ कार्तिक २०८३, शनिबार

जेलमै सकिने भयो कुख्यात अपराधीको जीवन, फेरि सर्वस्वसहित जन्मकैदको फैसला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

charls-shovraj

भक्तपुर, १ असोज । क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेको अभियोगमा पक्राउ परेर मुद्दा खेपिरहेका कुख्यात अपराधी चाल्र्स शोभराजलाई भक्तपुर जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको अदालतका श्रेष्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।

बुधबार अदालतमा शोभराज र उनको वकिल सकुन्तला थापा उपस्थिति नभएपछि जिल्ला अदालतले वैतनिक वकिलको रुपमा हरि राउतलाई बहस गराएर मुद्दाको फैसला गरेको थियो ।

विसं २०३२ साल पुस ६ गते क्यानेडियन नागरिक क्यारियरको हत्या गरेर लाशलाई टुक्रा पारी भक्तपुरको मनोहरा खोला र नंखेल गाविस पलाँसेमा फ्याकिएको अबस्थामा भेट्टाइएको थियो । २०६० सालमा काठमाडौंबाट शोभराज पक्राउ परेपछि उनी विरुद्ध हत्या अभियोगमा प्रहरीले मुद्दा चलाएको थियो ।

यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्या अभियोग र जाली राहदानी मुद्दाको फैसलामा पनि उनले कैद भुक्तान गरेका थिए ।