४ मंसिर २०८३, शुक्रबार

उर्जामन्त्री भन्छन्– देश उज्यालो पार्न ‘नेपालको पानी जनताको लगानी’ अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, २२ माघ । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले देश उज्यालो बनाउन ‘नेपालको पानी, जनताको लगानी अभियान’ सञ्चालन गरिएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल पाँचथरले सदरमुकाम फिदिममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले साना–ठूला जलविद्युत परियोजनाहरुको निर्माण जनताकै लगानीमा सम्भव हुने बताए ।

जलविद्युत उत्पादन गरी गाउँ उज्यालो बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको यो अभियानले जनतालाई उत्साहित पारेको उनले बताए । यस सम्बन्धि थप जानकारी प्राप्त गर्न र लगानी प्रतिबद्धता जाहेर गर्न सर्वसाधारणले उर्जा मन्त्रालयको वेभसाइटको प्रयोग पनि गर्न सक्ने उनले जानकारी दिए ।

पूर्वमा जलविद्युतको सम्भाव्यता अध्ययनका लागि पाँचथर आएका शर्माले लगानी गर्न संघ–संस्था, कर्मचारी, उद्योगी व्यवसायी र प्रवासी नेपालीले अधिक रुची राखेको उल्लेख गरे ।

मन्त्री शर्माले ७ सय ६२ मेगावाटको तमोर जलशाययुक्त जलविद्युत परियोजनासँगै पश्चिम सेतीसम्मका सबै जलविद्युत परियोजनाहरु जनता र सरकारको लगानीमा निर्माण गर्न लागिएको जानकारी दिए । शर्माले कावेली १३२ केभी सबस्टेशन उद्घाटन समेत गरेका छन् ।