१ कार्तिक २०८३, शनिबार

सुनको टप पेस्की लिएर जबर्जस्ती करणीको झुटो जाहेरी दिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapeजाजरकोट, १ असोज । जाजरकोटको खलङ्गा–२ स्याँलाका २८ वर्षीय तिलक सुनारले योजनाबद्ध ढङ्गले एक युवती प्रयोग गरेर फर्जी बलात्कार घटनामा आफन्तलाई नै फसाउन खोजेको आरोप लगाएका छन् ।

ती युवतीले तिलक विरुद्ध जाहेरी दिएपछि उनले अनाहकमा प्रहरी खोरमा तीन रात बिताउनुपरेको थियो ।

रुकुम– १ खलङ्गाकी १८ वर्षीया युवतीले उनीविरुद्ध जबर्जस्ती करणीको झुटो जाहेरी दिएकी छन् ।

अर्को पक्षबाट एक लाख हात पार्ने प्रलोभनमा तिलकले बलात्कार गरेको भन्दै झुटो जाहेरी दिएकी थिइन् ।

खलङ्गा–२ स्याँला स्थायी ठेगाना भई रुकुमको खलङ्गा–१ मा ‘जाजरकोटी रविन ज्वेलर्स’ सञ्चालन गर्दै आएका रविन सुनार दम्पतीको मिलेमतोमा फसाउने योजना बनाएको तिलकको आरोप छ ।

उनीहरुले तिलकलाई जबर्जस्ती करणी मुद्दा लगाएमा ती युवतीलाई रु एक लाख दिने सर्तमा जारजरकोट पुर्‍याएको खुलासा भएको छ । उनीहरुको योजना भने विफल भएको छ ।

ती युवती भदौ १९ गते योजनाअनुसार १५ हजार नगद र पाँच हजार मूल्यको सुनको टप पेस्की लिएर नेपालगन्ज पुगेकी थिइन् । रासस