४ मंसिर २०८३, शुक्रबार

सरकारबाट समर्थन फिर्ता लिने राप्रपाको तयारी, प्रचण्ड असफल भएको निष्कर्ष

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौडा, २१ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन् । र, सरकारबाट समर्थन फिर्ता लिने घोषणा गरेका छन् ।

मिडिया नेपालले शुक्रबार हेटौडामा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीलाई बोलाइने बताए ।

वर्तमान सरकार संविधान कार्यान्वयनमा एक पाइला पनि अगाडि बढ्न नसकेको बताउँदै उनले भने– ‘सरकारको औचित्य सकिएको छ । न निर्वाचनको तयारी छ न त मधेसका मागको सम्बोधनमा गम्भीर देखिएको छ । त्यसैले हामी सरकारमा बस्नु उपयुक्त छैन् । सरकारमा सहभागी मन्त्रीलाई पनि पार्टीले छिट्टै नै फिर्ता बोलाउछ ।’

मधेसवादी दलहरुले उठाएका मागहरु पूरा गर्न नसकेको र निर्वाचनको वातावरण पनि बनाउन नसकेकाले प्रचण्ड नेतृत्वको सरकारको औचित्य समाप्त भएको उनको तर्क छ ।