२९ आश्विन २०८३, बिहिबार

राजनीतिक संक्रमणमा पनि वित्तीय सुशासन सकारात्मकः गभर्नर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yubraj-khatiwadaकाठमाडौं, १ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले नेपालको वित्तीय सुशासन सकारात्मक रहेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।

नेसनल बैंकिङ इन्टिच्यूटले बुधबार राजधानीमा आयोजना गरेको संस्थागत सुशासनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै खतिवडाले मुलुकले लामो राजनीतिक संक्रमण भोगे पनि त्यसको असर वित्तीय क्षेत्रमा देखा नपरेको भन्दै खुशी व्यक्त गर्नुभएको हो ।

‘उहाँले वित्तीय क्षेत्रले आर्थिक मन्दीको समेत सामना गर्नु नपरेको भन्दै  त्यसलाई सुखद पक्ष भएको बताउनुभयो ।

वित्तीय क्षेत्रको संस्थागत सुशासनका लागि राष्ट्र बैंकको भूमिका उच्च रहेको उहाँको तर्क थियो ।

उहाँले अगामी दिनमा पनि विगतबाट पाठ सिकेर संस्थागत सुशासन सम्बन्धी व्यवस्था गर्ने दाबी गर्नुभयो ।

सिईओ, कर्मचारी कसरी नियुक्ति गर्ने, सञ्चालक समितिको दायरा के हुने, लेखा प्रणाली, कानूनको पालना, आन्तरिक तथा बाहृय सञ्चार संस्थागत सुशासनका अंगहरु  भएको भनदै त्यसमा बैंकहरु आफैं सचेत भए नियामक निकायले दावाद दिइरहनु नपर्ने पनि बताउनुभयो ।

कार्यक्रमा नेपाल बैंकर्स संघका अध्यक्ष राजनसिंह भण्डारीले कतिपय बैंक तथा वित्तीय संस्थाहरु संस्थागत सुशासनको अभावले समस्यामा परेको दाबी गर्नुभयो ।

अन्तराष्ट्रि वित्त निगम (आइएफसी), एशियाली विकास बैंकको सहयोगमा भएको सम्मेलनलाई कर्नाटक बैंक, भारतका सञ्चालक राममोहन बेले, सिटी बैंक बङ्गलादेशका पूर्वप्रमुख कार्यकारी अधिकृत मोहमद सत्तारजस्ता विज्ञहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।