४ मंसिर २०८३, शुक्रबार

प्रचण्ड सरकारविरुद्ध आयो विप्लवको कडा निर्देशन, कार्यकर्ता प्रतिकारमा उतार्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । देश विखण्डनको अभियान सञ्चालन गरिरहेका सीके राउतलाई पक्राउ गर्ने वित्तिकै प्रहरीले आफ्नो पार्टीलाई पनि निगरानीमा राखेको भन्दै नेकपा माओबादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आक्रोशित भएका छन् ।

उनले आफ्ना कार्यकर्तालाई सरकारको प्रतिरोधमा उत्रिन निर्देशन समेत दिएका छन् । सरकारले आफ्नो पार्टीविरुद्ध दमनकारी नीति लिएको विप्लव माओवादीले आरोप लगाएको छ ।

आठौं महाधिवेशनको तयारी गरिरहेका बेला मन्त्रिपरिषदमा गृहमन्त्रीले पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव राखेको भन्दै विप्लवले कार्यकर्तालाई प्रतिरोधमा उत्रिन अपिल गरेका हुन् ।

विप्लवले शुक्रबार बिज्ञप्ति निकालेर सरकारको यो गतिविधि महाधिवेशनमा बाधा पुर्याउने खेल भएको बताएका छन् र त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

‘गृहमन्त्रीले हाम्रो पार्टीबाट राज्यलाई चुनौती भएको भन्दै पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव गरेको प्रचार भएको छ । राज्यको यो रवैयाले हाम्रो ध्यान गम्भीर प्रकारले तानेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राज्यको यस्तो दमनकारी नीतिबाट हाम्रो पार्टी विचलित हुने त कल्पनै छैन बरु सशक्त प्रतिरोधको मार्गमा अगाडि बढ्नेछ ।’

विप्लवले राज्यको दमनकारी र भ्रामक कार्यको देशव्यापी रुपमा भण्डाफोर र प्रतिरोध गर्न आफ्ना कार्यकर्तालाई अपिल गरेका छन् ।