१ कार्तिक २०८३, शनिबार

नवलपरासीमा एम्बुलेन्स, बस र मोटरसाईकल ठोक्किदा ४ काे मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nawalparasi_district काठमाडौं, १ असोज । नवलपरासीमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत तिलकपुर गाविस ४ तुल्सीनगरमा एम्बुलेन्स, बस र मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
बुटबलबाट बर्दाघाट जाँदै गरेको ना ५ ख ५१८३ नम्बरको बस, लु १ च ३७३० नम्बरको एम्बुलेन्स र लु ५ प नम्बरको ६४९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।

बसमा सवार दुई र एम्बुलेन्समा दुई जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन । ६ जना घाइते भएका छन् ।