काठमाडौँ, १ असोज । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा फेरि भाँडभैलो सुरु भएको छ ।
कुपण्डोलमा बुधबार आयोजना गरेको राज्यस्तरीय प्रशिक्षण कार्यक्रम विप्लव समूहले बहिस्कार गर्ने घोषणा गरेपछि वैद्य माओवादी भित्र भाँडभैलो सुरु भएको हो ।
विप्लव समूहले केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई निलम्बन गरेको विरोधमा पार्टीको प्रशिक्षण नै बहिस्कार गर्ने निर्णय गरेको हो ।
माओवादीको स्कुलिङ विभागले आयोजना गरेको प्रशिक्षण नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा दिउँसो १ बजे पार्टी अध्यक्ष वैद्यले उद्घाटन गर्ने कार्यक्रम छ ।
विप्पलव समूहले भने शर्मा ताम्सालिङको स्कुलिङ विभाग इन्चार्जसमेत भएकाले उनीमाथिको कारबाही फिर्ता नभएसम्म बैठकमा नजाने निर्णय गरेको हो ।
पार्टी नेतृत्वलाई भ्रष्ट र अनैतिक भनेको भन्दै गत महासचिव रामबहादुर थापा वादलले विज्ञप्ति निकालेर शर्मालाई अनिश्चतकालका लागि जिम्मेवारीबाट निलम्वन गरेको जनाएपछि तुरुन्तै सचिव विप्लवले अर्को विज्ञप्ति निकालेर कारवाही फिर्ता गरेको बताएका थिए ।















प्रतिक्रिया