
काठमाडौं, २१ माघ । विखण्डनकारीविरुद्ध आज राजधानीमा प्रदर्शन हुने भएको छ ।
रैथाने एकता परिषद्ले दिउँसो १ बजे विखण्डनकारी तत्वहरुविरुद्ध काठमाडौंको नयाँ बानेश्वरमा सभा गर्न लागेको हो ।
एभरेष्ट होटल अगाडि हुने सभामा वक्ताको रुपमा पूर्व सांसद शान्ता चौधरी पनि उपस्थित हुँदैछिन् । उनले आह्वान गरेकी छन्– ‘यो देशलाई माया गर्ने लोकतन्त्रवादी जनता एक बनौं ।’
देश विखण्डनको अभियान चलाउने सीके राउत पक्राउ परेपछि उनलाई कडा कारवाहीको माग गर्दै रैथाने नेपालीहरु सरकारलाई दबाब दिन प्रदर्शनमा उत्रिन लागेका हुन् ।











प्रतिक्रिया