जाजरकोट, २१ माघ । जाजरकोटका १ दर्जन गाविस खाद्यान्न संकट हुन थालेको छ । जिल्लाका दुर्गम गाविसमा खाद्यान्न अभाबले स्थानीय समस्यामा परेका हुन् ।
पजारु, गर्खाकोट, दह, मजकोट, टालेगाउँ कोर्ताङ्गलगायतका एक दर्जन गाविस खाद्य संकट हुन थालेको स्थानीयको भनाइ छ ।
घोगी खाद्य डिपोमा सरकारी अनुदानको चामल अझै पुगेको छैन । डिपोमा चामल पठाउन तीन पटक टेण्डर गरे पनि स्वीकृत नभएको नेपाल खाद्य संस्थान जाजरकोटका कार्यलय प्रमुख धर्मबहादुर बस्नेत बताए ।
यस वर्ष पनि जिल्लामा २२ हजार १ सय ११ मेट्रिन टन खाद्यान्नको उत्पादन घटेको छ । खडेरीका कारण खाद्यान्न उत्पादन घटेको हो । खडेरीले कतिपय खेती योग्य जमिन बाँझै रहेको र खेती गरेको ठाउँमा समेत उत्पादन निकै कमी भएकोले जिल्लामा खाद्यान्न संकट परेको बताइन्छ ।
















प्रतिक्रिया