३ कार्तिक २०८३, मंगलबार

आज विश्वकर्मा पूजा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vishwakarma-Puja-bisokarma

काठमाडौँ, १ असोज। आज विश्वकर्मा पूजा देशभर धुमधामसँग मनाइदैछ । विश्वकर्मा पूजाको अवसरमा वर्ष भरी कुनै अप्रिय घटना नहोस् भनी मेसिन तथा औजारहरुको पूजा गर्ने चलन  छ ।

आजको दिन विशेष गरी गाडि ग्यारेज र कलकारखानामा विश्वकर्मा पूजा विशेष रुपले मनाउने गरिन्छ ।  देशका विभिन्न भागमा रहेका मजदुरहरुले ध्वजापाताले कलकारखाना, यातायात लगायतका फलामे औजारहरुलाई सजाउने र विश्वकर्माको मूर्ति वा तस्विरमा पूजा गर्नुका साथै प्रसाद चढाउने गर्दछन् ।

पूजाको पूर्व सन्ध्यामा अहिले विभिन्न कलकारखानाका कर्मचारीहरु औजार सफा गर्न जुटेका छन् । विधिपूर्वक आज विश्वकर्माको पूजा गरी भोलि नजिकैको खोलामा लगेर मूर्तिलाई बगाउने गरिन्छ ।