४ मंसिर २०८३, शुक्रबार

वर्तमान सरकार निर्वाचन गराउने ध्यानमा छैनः नेता खापुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी, २० माघ । नयाँ शक्ति पार्टीका केन्द्रिय सचिवालय सदस्य एवम् अनुशासन आयोगका प्रमुख पर्शुराम खापुङले वर्तमान सरकार निर्वाचन गराउने ध्यानमा नरहेको आरोप लगाएका छन् ।

मोरङको उर्लाबारीमा बिहिवार नयाँ शक्ति, उर्लाबारी नगर कमिटिको कार्यालय उद्घाटन गर्दै नेता खापुङले २०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संबैधानिक बाध्यता रहेको हुँदाहुँदै पनि सरकारले त्यसमा ध्यान नदिएको बताए । उनले ठुला तीन दल निर्वाचन नगराएर आफ्नो आयु लम्बयाउने खेलमा लागेको आरोप समेत लगाए ।

अहिलेको नयाँ संबिधान अपुरो रहेकाले यसलाई बिस्तारै संशोधन गर्दै लैजानुपर्ने बताउँदै उनले संबिधानमा प्राप्त अधिकारलाई भने संरक्षण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य महेन्द्रजंग तामाङ, केन्द्रिय परिषद् सदस्य जय पाख्रिन, क्षेत्रिय संयोजक मनोहरी दाहाल, नगर अध्यक्ष भक्ति अधिकारीले पनि बोलेका थिए ।