४ मंसिर २०८३, शुक्रबार

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खुल्यो, दरखास्त आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नेपाल प्रहरीमा २ हजार भन्दा बढीको संख्यामा जागिर खुलेको छ ।

प्रहरी प्रधान कार्यालयले विहिबार सार्वजनिक सूचना जारी गर्दै प्राविधिकतर्फ एक हजार ३३ र जनपदतर्फ १ हजार ६ सय ४५ जना गरी २ हजार ६ सय ७८ प्रहरी जवानका लागि आवेदन आह्वान गरेको हो ।

प्रविधिक समूहअन्तर्गत मेकानिकल इन्जिनियर तथा सवारी, मेकानिकल विपद व्यवस्थापन, स्वास्थ्य, सञ्चार र संगीतका लागि योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन आहृवान गरिएको छ ।

त्यस्तै आवास तथा भौतिक इन्जिनियरिङ, सूचना प्रविधि, कुकुर स्कुल, विधि विज्ञान र हातहतियारसम्बन्धी प्राविधिकका लागि पनि दरखास्त आहृवान गरिएको छ । सबैभन्दा धेरै सञ्चार प्राविधिकका लागि ७ सय १८ जनाका लागि र सबैभन्दा कम हातहतियार प्राविधिक ५ पदका लागि दरखास्त माग गरिएको छ ।

प्रहरीको मानवश्रोत विकास विभाग तथा भर्ना छनौट शाखाका अनुसार फागुन १ गतेदेखि ३० गतेसम्म दरखास्त दिन सकिनेछ ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुस्ः