काठमाडौं, १९ माघ । महिन्द्रा टु–व्हीलर्स् लि. (MTWL) को आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा. लि. ले गत अश्विन महिनाको दशैं क्याम्पेन अन्तर्गत ल्याएको “महिन्द्रामा यसपाली, लखपति बनौं दुई ताली” नामक स्किमको महाविजेता बुधबार (आज) घोषणा गर्नुका साथै ५ लाख रुपैयाँ नगद उपहार समेत प्रदान गरेको छ ।
विर्तामोड-७, झापा स्थित साई अटोमोबिल प्लाजा प्रा. लि. अन्तर्गत ताप्लेजुङ्गका हरि खतिवडाले उक्त नगद उपहार पाउन सफल भएका हुन् । स्किम अनुसार स्क्रयाच् कार्ड मार्फत उनले सो धनराशी जितेका हुन् ।
यसरी समयसमयमा विभिन्न चाडपर्व तथा अन्य कार्यक्रमहरुको अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुलाई स्किम तथा अफरहरु मार्पmत अतिरिक्त सेवा प्रदान गराउँदै आएको छ ।
















प्रतिक्रिया