काठमाडौं, १९ माघ । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले यूएईस्थित अल अहलिया एक्सचेन्जको कुनै पनि शाखाहरुमार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ ।
योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नुहुनेछ र त्यही कुपन देखाएर दोस्रो कारोबार गरेमा घडी प्राप्त गर्नु सक्नुहुनेछ । यो योजना यही फेब्रवरी महिनाबाट शुरु भई मार्च महिनाको अन्त्यसम्म लागु हुनेछ ।
प्रति कारोबार एक हजार दिरामभन्दा माथिको रकममा मात्र यो योजना लागु हुनेछ ।
नेपालमा रेमिटेन्स व्यवसाय संस्थागत गरेको मुख्य श्रेय आईएमईलाइ जान्छ । पछिल्लो समयमा आईएमईले कार्डमा आधारित रेमिटेन्स सेवालाई मुख्य प्राथमिकता दिँदै आएको छ ।
आफ्नो स्थापना देखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १६ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५ हजार ५ सय भन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।















प्रतिक्रिया