काठमाडौं, ३१ भदौ । उद्योग मन्त्री महेश बस्नेतले आफूलाई केही काम गरेर देखाउन तीन महिनाको समय दिन आग्रह गर्नुभएको छ ।
मंगलबार राजधानीमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले तत्काल रुग्ण उद्योग सञ्चालन गर्न प्रयास थाल्ने र त्यसको लागि तत्काल कार्य योजना ल्याउने तयारीमा लागेको पनि दाबी गर्नुभयो ।
मन्त्री बस्नेतले स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गरेर दिनहुँ विदेशीने यूवा शक्तिलाई रोक्न आफूले औद्योगिक क्रान्तिको खाँका तयार पारिरहेको समेत जानकारी दिदै मुलुकमा उद्योगमैत्री वातावरण निर्माण गर्न ऐन तथा नीति बनाउने दाबी गर्नुभयो ।
क्रसर व्यवसायीहरुले काम गर्न पाउनु पर्ने भन्दै क्रसर उद्योगमा देखिएको समस्याका कारण जनताले घर नै बनाउन नपाएकोले समस्या समाधानको लागि आफू लाग्ने पनि उहाँले बताउनुभयो ।
उहाँले क्यासिनो मुलुकमा पर्यटन भित्राउने आधार भएकोले यसमा समस्या समाधान गरेर सञ्चालन गर्नु पर्नेमा जोड दिदै मजदुरहरुलाई न्याय दिलाउन आफूले पहल गर्ने बताउनुभयो ।
बस्नेतले हिजोको दिनमा क्यासिनो माओवादीहरुको क्यान्टोनमेन्टका रुपमा स्थापित भएको आरोप लगाउँदै आगामी दिनमा मजदुर तथा क्यासिनो सञ्चालकहरुसँग छलफल गरेर सुव्यवस्थित रुपमा यसलाई उद्योगका रुपमा लिएर जानेमा पनि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
















प्रतिक्रिया