जीवन डाँगी
रोल्पा, ३१ भदौ । सोमबार राती परेको अविरल वर्षासँगै आएको पहिरोले एक घर भत्किदा जुगार–५ खानीखोला रोल्पाका एकै घरका ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा ४२ वर्षीय जित बहादुरपुन, उनकी श्रीमती ४० वर्षीया कल्पना पुन र ५ वर्षीया छोरी विपना पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नविनराज राईले बताउनुभयो ।
यो सँगै यस वर्ष रोल्पामा बाढी– पहिरोमा परि मृत्यु हुनेको संख्या ७ पुगेको छ ।















प्रतिक्रिया