
– झलक पाली
टी, १८ माघ । डोटीको दिपायलमा आगामी फागुन १२ गतेदेखि २१ गतेसम्म ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७३’ आयोजना हुने भएको छ । महोत्सवको तयारी तिव्र पारिएको छ ।
डोटी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको उक्त महोत्सवलाई प्रदेश नं. ७ को पहिलो प्रादेशिक महोत्सवका रुपमा लिईएको छ ।
यस अघि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न क्षेत्रमा सुदूरपश्चिम क्षेत्रीय महोत्सवका नाममा महोत्सव आयोजना भईरहेका बेला डोटीमा पहिलो पटक प्रादेशिक महोत्सवको आयोजना गरिन लागेको हो । यद्यपी महोत्सवहरु भने यस अगाडी पनि धेरै पटक सञ्चालन भईसकेका छन् ।
विगतको डोटी गौडा हुँदै सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको दिपायलमा अहिले मुलूक संघीय संरचनामा गईसकेकाले डोटी उद्योग वाणिज्य संघले प्रदेश नं. ७ को पहिलो प्रादेशिक महोत्सवको तयारी गरेको हो ।
प्रदेशको नामाकरण भईनसकेको अवस्थामा अहिले ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७३’ को नामाकरण गरिएको डोटी उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवका लागि उद्योग वाणिज्य संघले विभिन्न समयमा विभिन्न चरणमा सरोकारवालाहरुसँग बैठक, छलफल, राय सुझाव लिएर महोत्सवको तयारीबारे पत्रकार सम्मेलन गरेरै महोत्सवको उद्धेश्य, कार्यक्रम तालिका, अनुमानित बजेट लगाएतका विषयहरु सार्वजनिक गरिसकेको छ ।
महोत्सवका लागि सबै क्षेत्रमा आवश्यक समन्वय भईरहेको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए ।















प्रतिक्रिया