४ मंसिर २०८३, शुक्रबार

पुराना शक्तिका नेताहरुकै कारण देश समृद्ध हुन सकेन : नेता पासवान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, १८ माघ । नयाँ शक्ति पार्टी नेपालका नेता तथा पूर्वमन्त्री महेन्द्र पासवानले पुराना शक्तिका नेताहरुकै कारण देश समृद्ध बन्न नसकेको बताएका छन् । सिरहाको लहानमा प्रेस सोसाइटीका प्रदेश नम्बर १ को प्रदेश भेलालाई सम्बोधन गर्दै उनले पुराना शक्तिका नेताहरुले देश विगारेको आरोप पनि लगाएका हुन् ।

उनले भने, ‘प्राकृतिक स्रोत साधनले देश भरिपूर्ण भएपनि देश समृद्ध हुन नसक्नुको मुख्य दोषी काँग्रेस र एमालेका नेताहरु हुन् । किनकी उनीहरु कहिल्यै देश आर्थिक समृद्ध होस् चाहेन् । सधै आफ्ना वरिपरिका मानिसलाई मात्र समृद्ध बनाउने सपना देख्यो ।’

नेता पासवानले पुराना शक्तिका नेताहरुले अब सोच बदल्नुपर्ने बताउँदै राजनीतिक अस्थिरता अन्त्य गरी देश विकासमा लाग्नुपर्ने र आर्थिक समृद्धिको राजनीतिक गर्नुपर्ने धारणा राखे । उनले नयाँ शक्ति निर्वाचनमा जान तयार रहेको पनि बताए । उनले भने, ‘निर्वाचनमा बहुमत ल्याएपछि नयाँ शक्तिले अहिले देखिएको राजनीतिक सबै समस्याको समाधान गर्नेछ ।’