डिलप्रकाश गौतम
बर्दिया, ३१ भदौ । पूर्व पश्चिम महेन्द्र राजमार्ग पुनः अवरुद्ध भएको छ ।
बर्दियाको नेउलापुर गाविसमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज भित्र गत साउन २९ गते कल्भर्ट भासिएपछि बनाइएको ड्राईभर्सन सोमबार राती परेको पानीले बगाएपछि पुनः राजमार्ग अवरुद्ध भएको हो ।
सोमबार राती करिब ११ बजेतिर ड्राईभर्सन पानीले बगाएका कारण पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका सवारी साधन तथा यात्रुहरु निकुञ्ज बिचमा अलपत्र परेका छन् ।

उक्त स्थानमा कल्भर्ट भासिएपछि बनाईएको ड्राईभर्सन पटक–पटक पानीले बगाउँदा ४ दिन राजमार्ग अवरुद्ध भैसकेको छ ।
गत साउन २९ गते निकुञ्ज भित्र राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक बाटोका रुपमा बनाइएको ड्राईभर्सन पानीले पटक–पटक बगाएपछि विरामी बोकेका एम्बुलेन्ससँगै सयौं यात्रुहरु निकुञ्ज बीचमा अलपत्र पर्ने गरेका हुन् ।
राजमार्ग सञ्चालनमा आउन दिनभरी लाग्ने बताइएको छ । डाईभर्सन मर्मतका लागि सडक डिभिजन कार्यालयबाट नेपालगञ्जबाट उपकरण मगाइएकोले बुधबार विहानसम्म राजमार्ग सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताउनुभयो ।
















प्रतिक्रिया