१ कार्तिक २०८३, शनिबार

बालिका बलात्कार गर्ने ६५ वर्षीय आचार्य प्रहरी खोरमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rape_Victimखोटाङ, ३१ भदौ । मान्छे बुढो भए पनि मन बुढो हुँदैन भन्ने नेपाली उखानलाई खोटाङका एक ६५ वर्षीय वृद्धले प्रमाणित गरेका छन् ।

खोटाङको  दिक्तेल नगरपालिका–२ का ६५ वर्षीय श्यामप्रसाद आचार्यले एक १३ वर्षीया बालिकालाई बलात्कार गरेर यस्तो हर्कत देखाएका हुन् ।

नाता पर्ने बालिकालाई मंगलबार बिहान बलात्कार गरेको आरोपमा ती वृद्ध आचार्य प्रहरी हिरासतमा परेका छन् ।

प्रहरीले पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई पक्राउ गरेको हो ।

पीडित बालिकाको जिल्ला अस्पतालमा आजै स्वास्थ्य परीक्षण गरिएको पनि प्रहरीले जनाएको छ ।