हेटौँडा, १७ माघ
नेकपा माओवादीका ताम्सालीङ सदस्य एवम् नेता हेटौँडा ६ का साधुराम चौँलागाई एमालेमा फर्केका छन् । एमाले पार्टी कार्यालय हेटौँडामा आयोजित एक कार्यक्रमका अवसरमा उनी एमालेमा प्रवेश भएका हुन् ।
उनलाई एमाले केन्द्रीय सदस्यहरु केदार न्यौपाने, विरोध खतिवडा लगायतका नेताहरुले टिका लगाएर स्वागत गरे । एमालेमा प्रवेश भएपश्चात बोल्दै साधुरामले आफ्नो पुरानो घरमा फर्किदा आनन्द लागेको भन्दै खुशी महशुस गरे ।
आफूले विगतमा एमाले छोडर माओबादीमा गएपनि त्यहाँ केही नदेखेपछि पुनः एमालेमै आएको बताए । माओबादीमा पनि विधि विधानभन्दा बाहिरै रहेकाले अब देशमा एमालेको विकल्प नभएको समेत बताए ।
उनले अब आगामी दिनमा एमालेले दिएको सम्पूर्ण जिम्मेवारीलाई इमान्दारी भएर पालाना गर्ने बताए ।












प्रतिक्रिया