४ मंसिर २०८३, शुक्रबार

संसद बैठकमा आज के के हुँदैछ ? विमलेन्द्र निधिले पेस गर्दैछ यस्तो प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं १७ माघ । व्यवस्थापिका संसदको आजको बैठकमा सरकारका मन्त्रीले विभिन्न विधेयक पेस गर्दैछन् । जसमा दुई वटा आजै पारित हुनेछन् ।

संसद भवन नयाँ वानेश्वरमा दिउसो १ बजे बस्ने बैठकमा निर्वाचन (कसुर तथा सजाय) विधेयक २०७३ र राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण (पाँचौ संशोधन) विधेयक पारित गर्ने कार्यसूची छ ।

निर्वाचन विधेयक उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र वन्यजस्तु विधेयक वनमन्त्री शंकर भण्डारीले पेस गर्नेछन् ।

यस्तै सोमबारको बैठकमा सरकारले भाषा आयोग विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।