२९ आश्विन २०८३, बिहिबार

मलेसियाबाट नेपाल फर्किने ५० कामदारलाई आईएमईको नि:शुल्क हवाई टिकट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

donetion

काठमाडौ, ३१ भदौ । नेपाली दुतावास मलेसिया र आईएमई मलेसियाबीच मलेसियामा काम गर्ने अवैध कामदार नेपाल पठाउन आइएमईले ५० वटा हवाई टिकट निःशुल्क उपलब्ध गराउने सम्झौता भएको छ ।

मलेसियामा रहेका अवैध नेपाली कामदारलाई स्वदेश फर्काउने अभियानमा सहयोग गर्न आइएमईले ५० वटा हवाई टिकट प्रदान गर्ने भएको हो ।

आईएमईले आफनो संस्थागत उत्तरदायित्व अन्तर्गत मलेसियामा अलपत्र परेका नेपाली नागरीकहरुको नेपाल सम्मको सुरक्षित यात्राको लागि दुतावासवाट प्राप्तहुने नामाकंन सुचीका आधारमा वाषिर्क ५० जना नेपाली नागरीकहरुलाई निशुल्कहवाई टिकट उपलब्ध गराउने विषयमा संझौता गरेको हो ।

संझौतामा नेपाली दुतावासका तर्फवाट राजदुत डा. निरन्जनमान सिंह वस्न्यात र आईएमईका तर्फवाट आईएमईका चियरम्यान हेमराज ढकालले हस्ताक्षर गरेका थिए ।