१ कार्तिक २०८३, शनिबार

धरनाको मृत्युपछि शिक्षण अस्पतालमा तोडफोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU Hospitalकाठमाडौ, ३१ भदौ । २४ वर्षीया सुत्केरी महिला धरना तामाङको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल तोडफोड गरेका छन् ।

बनस्थली ढुंगेधारा बस्ने कास्की पोखरा–१५ घर भएकी धरनाको मृत्युको विषयलाई लिएर आफन्तले तोडफोड गरेका हुन् ।

उनीहरुले अस्पतालका  चिकित्सकको लापरवाहीले उनको मृत्यु भएको दाबी गरेकाछन् ।

तोडफोडबाट अस्पतालको डाइलोसिस भवनको तेस्रो तल्लामा क्षति पुगेको छ ।

गत भदौ १५ गते शल्यक्रिया गरिएकी महिला धरनाको उपचारकै क्रममा सोमबार राती मृत्यु भएको हो ।

अस्पतालले भने महिलाको किड्नी फेल भएर ज्यान गएको बताएको छ ।

धरनाकी छोरीको अवस्था भने स्वस्थ रहेको अस्पतालले जनाएको छ ।