४ मंसिर २०८३, शुक्रबार

तराईमा आन्दोलन चर्किनै लाग्दा प्रधानमन्त्रीले बोलाए मधेसी मोर्चालाई वार्तामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १६ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले माघ २३ गते तराईका जिल्लाहरूमा स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन जलाउने कार्यक्रम घोषणा गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चाका नेताहरूलाई वार्तामा बोलाएका छन् ।

प्रधानमन्त्री दाहालको निजी सचिवालयले मधेसी मोर्चाका नेताहरूलाई आइतबार दिउँसो फोन गरेर सोमबार बिहान वार्ताका लागि आउन निम्तो दिएको हो ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले सोमबार बिहान छलफलका लागि प्रधानमन्त्रीको निजी सचिवालयबाट फोन आएको स्वीकार गरे । उनले भने, ‘प्रधानमन्त्री ज्यूले छलफलका लागि मधेसी मोर्चाका नेताहरूलाई निम्तो पठाउनु भएको छ । तर, के–के विषयमा छलफल हुने हो केही बताइएको छैन ।’

मधेसी मोर्चाले शनिबारमात्रै तराईका जिल्लाहरूमा व्यापक जनप्रदर्शन र स्थानीयतह पुनर्संरचना आयोगको प्रतिवेदन जलाउने निर्णय गरेको थियो । मधेसी मोर्चाले स्थानीय तहको प्रतिवेदन बिभेदकारी रहेको बताउँदै आएको छ ।

मधेसी मोर्चाले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित नहुँदासम्म कुनै पनि निर्वाचन हुन नसक्ने जनाउँदै आएको छ । तर, कांग्रेस र एमालेसहितका दलहरूको दबाब खेप्न नसकेका प्रधानमन्त्री दाहालले छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्ने तयारीमा छन् ।

सोही क्रममा स्थानीय निर्वाचनका विषयमा प्रधानमन्त्री दाहालले आइतबार प्रमुख निर्वाचन अयुक्तसँग परामर्श समेत गरेका छन् ।