– नरेश केसी
भैरहवा, माघ १६ । नेपाल कम्युनिष्ट पाटि (क्रान्तिकारी माओवादी) का नेता परि थापाले मुलुकमा यतिबेला स्वाधिनता, जनतन्त्र र जनजीविकाको पक्षामा जनपरिचालन गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।
मोहन वैद्य नेतृत्वको उक्त पार्टीका प्रभावशाली नेता थापाले हिजो माघ १५ गतेदेखि कपिलवस्तुको चन्द्रौटाबाट शुरु भएको विशाल मोटरसाइकल र्यालीको नेतृत्व गर्दै आइतबार विहान भैरहवा आइपुगेका हुन् ।
भैरहवाको ब्रमेलीटोलमा आइतबार विहान आयोजित कोणसभा पश्चात पत्रकारसंग संक्षिप्त कुराकानी गदै नेपाली कम्युनिष्ट आन्दोलनका शसक्त नेता थापाले भने ‘आज देश र जनता आर्थिक, राजनैतिक तथा सास्कृतिक रुपमा साम्राज्यबाद विशेषतः भारतीय विस्तारवाद एवं दलाल नोकरशाह र सामन्तवर्गको शोषण, उत्पीडन र दमनमा छटपटाइरहेका छन् । यस्तो बेला हामी राष्ट्रिय स्वाधिनता, जनतन्त्र तथा जनजिविकाको पक्षमा जनपरिचानल गर्दै संगठीत हुनु जरुरी छ ।’
पञ्चायतको विरुद्धमा काठमाण्डौं सैनिक टुडिखेल खुल्लामन्चको रेलिंग तोडेर नेपाली राजनीतिको चर्चामा आएका थापाले भ्रष्टचार, कालाबजारी, बेरोजगारी तथा महंगीको मारमा जनता परिरहेको जनाउदैं सबै किसिमका उत्पीडनका विरुद्ध सशक्त आन्दोलन गर्नुको विकल्प नभएको पनि बताए ।
पूर्व सांसद समेत रहेका थापाले सबैखाले सशोधनबाद विशेषतःं दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्दै मजदुर वर्ग र उत्पीडीत जनसमुदायलाइ एक गराउदैं राष्ट्रिय स्वाधिनताको लागी एक भएर हिड्नुपर्ने बेला आएको समेत जनाए ।

माघ १५ गते चन्द्रौटाबाट शुरु भएको विशाल मोटर साइकल र्याली झण्डा, ब्यानर सहित कपिलवस्तुको चन्द्रौटा, गोरुसिंगे, तौलिहवामा कोणसभा गरी रुपन्देहीको भैरहवामा आएको पाटिका सिद्धार्थनगर इन्चार्ज मोजिव अलिले जानकारी दिए ।
भैरहवाको कोणसभालाइ उक्त पार्टिका विभिन्न नेताहरुले सम्बोधन गर्दै भारतीय विस्तारवाद र दलाल नोकरशाह सामन्तवर्गको शोषण, उत्पीडिन र दमनबाट मुक्त नभएसम्म देश स्वाधिन र स्वतन्त्र नहुने आरोप लगाउदै सबै जनता एक भएर लाग्नुपर्ने बेला आएको बताएका थिए ।












प्रतिक्रिया