३० आश्विन २०८३, शुक्रबार

सहिदहरुले गिज्याइरहेका छन् हामीलाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सहिद दिवस अर्थात माघ १६ । मुलुकभर औपचारिक रुपमै सहिदको सम्मानमा राष्ट्रिय विदा पनि घोषणा भएको छ । अहिले कलम र कापी लिएर बस्ने हो भने सहिदको सूचि तयार गर्दा लम्बेतान हुने गर्दछ । तर जात, भाषा, धर्म, संस्कृति, दल र आस्था भन्दा माथि उठेर हेर्ने हो भने सीमित सहिदहरु मात्रै मुलुकका असली सहिद र सबैका मान्य बनेका छन् । सहिदहरुको सूचिमा अग्रपंक्तिमा आउने नागरिक स्वतन्त्रता र न्यायका लागि शसक्त आवाज उठाउने राष्ट्रका सपूत शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ नेपालका सर्वमान्य सहिद हुन् । उनीहरुको १९९७ सालमा तत्कालिन जहानियाँ राणा शासकहरुले क्रुर ढंगले हत्या गरेका थिए ।

छातीमा तातो गोली थाप्नेदेखि लिएर सुन्दर भविष्यको पर्वाह नगरी आफ्नो ज्यान उत्कर्ष गर्ने सबै ज्ञात अज्ञात सहिदहरु सम्मानित हुन् । तर पछिल्लो कालखण्डमा निश्चित कारणले मृत्युबरण गरेकाहरुलाइ पनि दबाबका कारण सहिदको सूचिमा राखिँदा सहिदको सम्मान नभएर अपमान भएको महसुस भएको छ । यदि यस्तो हुने थाहा पाएको भए १९९७ सालमा शास्त्री, चन्द, माथेमा, थापाले आफ्नो ज्यान उत्कर्ष गर्ने थिएनन होला ।

शास्त्री, माथेमा, चन्द र श्रेष्ठले हाँसी हाँसी भावी सन्तति र राष्ट्रका खातिर आफ्नो बलिदानी दिए । तत्कालिन राणा शासकहरुले १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा एउटा बकाइनोको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो । धर्मभक्त माथेमाको हत्या गरियो, त्यस्तै १९९७ साल माघ १४ गते दशरथ चन्दलाई काठमाडौंको शोभाभगवतीमा न शमशेर राणाले गोली हानी हत्या गरे, १९९७ साल माघ १४ गतेकै राति १० बजे शोभाभगवतीमै लगेर नरशमशेर राणाले गंगालाल श्रेष्ठलाई एउटा खम्बामा बाधेर निर्मम तरिकाले गोली हानी हत्या गरेका थिए ।

 

मुलुकको हरेक कालखण्डमा सामाजिक तथा राजनीतिक रुपान्तरणका लागि ज्यानको पर्वाह नगरी छातीमा तातो गोली थाप्नेदेखि लिएर सुन्दर भविष्यको पर्वाह नगरी आफ्नो ज्यान उत्कर्ष गर्ने सबै ज्ञात अज्ञात सहिदहरु सम्मानित हुन् । तर पछिल्लो कालखण्डमा निश्चित कारणले मृत्युबरण गरेकाहरुलाइ पनि दबाबका कारण सहिदको सूचिमा राखिँदा सहिदको सम्मान नभएर अपमान भएको महसुस भएको छ ।
बर्ष नपुग्दै फेरिने सरकारले जसरी सहिदको सूचि बनाएर सहिद घोषणा गरिरहेको छ यदि यस्तो हुने थाहा पाएको भए १९९७ सालमा शास्त्री, चन्द, माथेमा, थापाले आफ्नो ज्यान उत्कर्ष गर्ने थिएनन होला । उनीहरुलाई राणा शासकहरुले माफी मागेर अब उप्रान्त राणाविरुद्धमा नलाग्ने प्रतिबद्धता गरे आममाफी समेत दिने बचन दिएका थिए । तर उनीहरुले त्यसो नगरी जनताका लागि आफ्नो बलिदानी दिए । विडम्बना अहिले मुलकुमा सहिदको सूचिमा हजारौं जना छन् ।

समय कालखण्ड अनुसार २००७ साल, ०४६, ०६२–०६३, माओवादी युद्ध, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका आन्दोलनमा सयौंले आफ्नो जीवन उत्कर्ष गरे । ती व्यक्तिहरु पनि राष्ट्रका महत्वपुर्ण विभुति हुन् । उनीहरुलाई अनादार गर्न खोजेको होइन तर दबाब र प्रभावमा घोषणा गरिएका कयौं सहिदको नामले सहिद भन्ने शब्दावलीप्रति नै विश्वास लाग्न छाडेको छ । एउटा शासन व्यवस्थामा सम्मानित भएको सहिदको अर्को शासन व्यवस्थामा उसको सालिक तोडिनु इतिहास मेटिनु जस्ता गलत प्रवृतिले कालान्तारमा नेपालमा आउने शासन व्यवस्थाले यी ४ सहिदको पनि अपमान गर्ने हो कि भनेर आशंका सृजना गरेको छ ।

जतिबेला मुलुकमा निरंकुश राणा शासन व्यवस्था थियो त्यतिबेला जनताको पक्षमा, नागरिक न्यायको पक्षमा व्यक्तिगत र संस्थागत रुपमा आवज उठाउनु चानचूने कुरा थिएन । सहज परिस्थितिमा त स्याल पनि बाघ हुन्छ । अहिले परिवेश त्यही छ केही स्यालहरु बाघझैं गर्जिरहेका छन् । तत्कालिन फासीबादी प्रणालीमा जनपक्षीय अवाज बुलन्द गरेकै कारण उनीहरुले सहादत प्राप्त गरे । राष्ट्रका त्यस्ता महान विभुतिहरुप्रति भाषणमा र एक मिनेट मौन धारण गर्दैमा श्रदान्जली व्यक्त हुँदैन । उनीहरुले चाहेको परिकल्पना गरेको नागरिक स्वतन्त्रता र न्यायमार्फत मुलुकमा शान्ति र समृद्धि कायम गर्न सबै दल, समुदाय र निकाय एक भएर कार्य गरेमा मात्रै सच्चा श्रदान्जली हुनेछ । अन्तयमा राष्ट्रका खातिर आफ्नो ज्यान उत्कर्ष गर्ने महान सहिदहरुप्रति हार्दिक श्रदासुमन व्यक्त गर्दछौं ।