१ कार्तिक २०८३, शनिबार

‘एमाओवादी नेता किराँतीले यसरी भ्रष्टाचार गरे’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gopal-kirati

दमक, ३१ भदौ । एकीकृत नेकपा माओवादीका नेता गोपाल किराँतीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

एकीकृत नेकपा माओवादी झापा क्षेत्र नं. ७ बाट दोस्रो संबिधानसभा निर्वाचनमा उम्मेद्वार समेत बनेका किरातीले विकास निर्माणको रकम दुरुपोग गरेको आरोप लगाउँदै उजुरी परेको हो ।

भोजपुरमा निर्माणाधिन ट्याम्के टावर निर्माण उपभोक्ता समितिको अध्यक्ष रहेका किरातीले टावर बनाउन आएको रकम दुरुपयोग गरेको र त्यहाँको रकम भ्रष्टाचार गरेर झापाको तोपगाछीमा पक्की घर निर्माण गरेको उजुरी पत्रमा आरोप लगाइएको छ । पदीय दुरुपयोग गरेर कँहीबाट अनुमति नलिई टावर बनाएको र करोडौँको भ्रष्टाचार गरेको आरोप किरातीँलाई लगाइएको छ ।

समितिका सदस्यहरुलाई जनाकारी नदिई माइन्यूट बनाएर बिभिन्न ठाँउमा पेस गरेकाले माईन्यूट झिकाएर अनुसन्धान गर्न समेत उजुरी पत्रमा माग गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुर्वाञ्चल क्षेत्रिय कार्यालय बिराटनगरमा भदौ २४ गते उजुरी दर्ता भएको श्रोतले बताएको छ । उजुरीको दर्ता नं. ९९३ रहेको छ ।

सरोकारवाला निकायहरुको अनुमति बेगर नै टावर निर्माणको क्रममा खनिएको खाल्डोमा बहुमूल्य धातुहरु पाइएको र त्यो समेत किराँतीले गायव गरेको आरोप लगाइएको छ ।

Gopal-kirati-ujuri Gopal-kirati-ujuri2Gopal-kirati-ujuri3