१ कार्तिक २०८३, शनिबार

चार दलको बैठक निष्कर्षविहीन, वैद्य माओवादीको नयाँ शर्त, राजनीतिक सभा अन्यौलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan Baidhya

काठमाडौ, ३१ भदौ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले नयाँ शर्त राखेपछि चार दलको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा माओवादीसहित प्रमुख तीन दलको बैठकमा नेकपा–माओवादीले संविधानका अन्तरबस्तुसहित, शान्ति प्रक्रिया र राष्ट्रियता लगायतका विषयमा अहिले नै चारदलवीच सहमति हुनु पर्ने र त्यसपछि मात्र सर्वपक्षीय राजनीति सभामा छलफल हुनु पर्ने अडान राखेको थियो ।

तर, काँग्रेस र नेकपा एमालेका लगायतका दलहरुले चार दलवीच सहमति भएर हस्ताक्षर भएपछि मात्र सर्वपक्षीय राजनीतिक सभामामा छलफल गर्ने माओवादीको प्रस्तावलाई स्वीकार नगरेपछि बैठक स्थागित भएको हो ।

सहमति नहुँदा नेकपा–माओवादी र उसको गठबन्धनमा रहेको ३३ दलीय मोर्चा सर्वपक्षीय राजनीतिक सभामा जाने सम्भावना न्यून बनेको छ ।

चार दलमा सहमति नजुटेपछि प्रधानमन्त्री सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणवीच अलग्गै कुराकानी भएको थियो । तर, सो कुराकानीमा समेत सहमति हुन सकेन ।

बैठकपछि बैद्यले आफूहरुले सबै विषयमा सहमति गरेर राजनीतिक सभामा जान प्रस्ताव राखे पनि अरु दलले नमानेको भन्दै यथास्थितिमा बैठकमा जानुको औचित्य नरहेको प्रष्ट पार्नुभयो । राजनीतिक सभामा जाने कि नजाने विषयमा पार्टीको बैठकपछि निर्णय गर्ने उहाँले बताउनुभयो ।