१ कार्तिक २०८३, शनिबार

इन्सेफलाइटिसबाट तीनको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dengue-mosquito-lamkhutte

मोरङ, ३१ भदौ । जापनिज इन्सेफलाइटिसका कारण मोरङमा थप तीनजनाको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्सव पोखरेलका अनुसार उत्तरी मोरङको उर्लावारी–१ की ४४ वर्Èीया कमला भण्डारी, उर्लावारी–३ का ४ वर्Èीय उजिर धामी र ८६ वर्Èीय दलबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

मोरङमा यो रोगले मर्नेको सङ्ख्या नौ पुगेको छ । मृत्यु हुनेमा तीन महिला छन् । बर्खायामको सुरुआतसँगै देखापरेको इन्सेफलाइटिसले लेटाङमा चार, उर्लावारी तीन र पथरीमा दुईजनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले इन्सेफलाइटिसबाट बच्न रोग प्रभावित Ôेत्रमा औÈधि छर्कनुका साथै पोस्टर, पम्पप्लेट तथा माइकिङ गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत गर्न थालेको छ ।