१३ कार्तिक २०८३, शुक्रबार

०४६ को आन्दोलनमा मारिएकाको अत्तोपत्तो छैन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । गृह मन्त्रालयका अनुसार ०४६ को जनआन्दोलनमा मारिएकाबारे कुनै अत्तोपत्तो छैन ।

सो आन्दोलनमा मारिएका तथा २००७ देखिकै विभिन्न घटनामा मारिएका व्यक्तिको सूची बनाएर सबैलाई सहिद घोषणा गर्ने गृहकार्य त्यसवेलाको सरकारले गरेको थियो ।

तर, त्यो गृहकार्य त्यत्तिकै सेलाएकाले ०४६ मा मारिएका व्यक्तिलाई सहिद घोषणा गरिएन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मन्त्रालयका सूचना अधिकारी भविश्वर पाण्डेले ०४६ मा मारिएका व्यक्तिहरूबारे कुनै जानकारी नभएको र सूचीसमेत नभएको बताए । त्यसवेला मारिएका व्यक्तिको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै थन्किकएको थियो ।