काठमाडौं, १६ माघ । राणा शासनको विरोध गर्दा १९९७ मा फासी दिएका चारसहित अहिलेसम्म देशमा एक सय २४ जना सहिद भएको गृह मन्त्रालयको तथ्यांक छ ।
१०–१६ माघ १९९७ मा राणा शासकले गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएका थिए । ती चार विभूतिको स्मरण गर्दै १६ माघमा सहिद दिवस मनाउने गरिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
गृह मन्त्रालयका अनुसार १९९७ मा चार, ०६२-६३ को जनआन्दोलनमा मारिएका २५ जनासहित अन्य गरी ६८ जनालाई सहिद घोषणा गरिएको छ ।
त्यस्तै, तराई मधेस, थरुहट आन्दोलनका क्रममा मारिएका ४१ सर्वसाधारण र ११ सुरक्षाकर्मीसहित ५२ जनालाई पनि सहिद घोषणा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।












प्रतिक्रिया