१ कार्तिक २०८३, शनिबार

१७ सभासद मनोनयनविरुद्ध सर्वोच्चमा रिट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Supreme_court_nepal

काठमाडौं, ३१ भदौ । संविधान सभामा मनोनित हुने २६ सभासदका बिषयमा सर्वोच्च अदालतको संयुक्त इजलासले दिएको आदेश बदर गर्न सरकार आफैंले दिएको पुनरावलोकन निवेदन विचाराधीन रहेकै अवस्थामा १७ जना मनोनितको निर्णय गरको भन्दै सोमबार रिट निवेदन दायर भएको छ।

सरकारले दिएको पुनरावलोकन निवेदनमा तीनजना न्यायाधीश संलग्न सर्वोच्चको विशेष इजलासले गत असार ५ गते सुनुवाईप्रक्रिया अघि बढाउन निस्सा प्रदान गर्नेु आदेश दिएको थियो।

सभासद् विश्वेन्द्र पासवानले दिएको एक रिटमा न्यायाधीश रामकुमारप्रसाद साह र कल्याण श्रेष्ठको संयुक्त इजलासले गत बैशाख २९ गते संविधान सभामा प्रत्यक्ष र समानुपातिक सूचीमा परेका व्यक्तिबाहेक समावेशी रुपमा २६ सभासद मनोनित गर्न दिएको आदेश त्रुटीपूर्ण रहेको दाबी गर्दै सरकारले दिएको पुनरावलोकन निवेदन हाल विचाराधीन छ।

अदालतमा विचाराधीन बिषयलाई छलेर १७ सभासद् सिफारिस गरिएको भन्दै अधिवक्ता दयाराम हुमागाईं र राजकुमार रानाले रिट दिएका आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।