झापा । गृह जिल्ला झापामा सत्तारुढ नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अपमान गरेका छन् ।
एमाले अध्यक्ष ओलीले शिलान्यास गर्ने भनिएको झापाको दमक १७ र मोरङको राजघाट ९ जोड्ने बेतेनी– माँवा –आम्बारी पुल एक दिन अघि नै माओवादी केन्द्रका नेताले शिलान्यास गरिदिएर ओलीको गृहजिल्लामा दादागिरी देखाएका हुन् ।
आफूहरुको पहलमा पारेको योजनाको पुल एमालेले थाहै नदिइ उद्घाटन गर्न लागेको भन्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरीले बुधबार शिलान्यास गरेको हुन् ।
उक्त पुल आफूहरुको पहलमा बनेको झापा– ७ का ईन्चार्जसमेत रहेका पुरीले दाबी गरेको समाचार अन्नपूर्ण पोष्टमा छ ।
एमाले अध्यक्ष ओलीले सोही पुल बिहीबार १२ बजे शिलान्यास गर्ने कार्यक्रम थियो ।
शिलान्यास कार्यक्रममा बोल्दै पुरीले आफूहरुलाई खबर नै नगरी एमालेले एकलौटी ढंगबाट पुल शिलान्यास गर्न लागेकाले प्रतिकार गर्नुपरेको बताए । यसबारे एमालेले कुनै प्रतिक्रिया जनाएको छैन् ।













प्रतिक्रिया