३ कार्तिक २०८३, मंगलबार

दुबईमा सुरक्षागार्डको तलब बढ्यो, नेपालीलाई के फाइदा हुन्छ ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । दुबईमा सेक्युरिटी गार्डको तलब बढाइने भएको छ । दुबई सरकारको नयाँ कानुन अनुसार सेक्युरिटी गार्डको तलब बढ्ने भएपनि नेपालीहरु पनि लाभाम्वित हुने भएका छन् ।

‘सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी अथोरिटी’ (सिरा)ले सुरक्षा गार्डको मासिक न्यूनतम तलब हाल १४४० दिराम बाट बृद्धि गरेर १९२० दिराम पुर्याउने भएको छ । साथै कम्पनीहरुले सुरक्षा गार्डलाई राम्रो फिटनेश तालिम दिनु पर्ने पनि भनिएको छ ।

दुईदिन अघि आयोजित सुरक्षा सम्मेलनमा सिराका कार्यकारी निर्देशक खालिफा अल सेलिजले कालान्तरमा सुरक्षा सेवाको गुणस्तर कमजोर नहोस् भन्ने उद्देश्यले समयमै तलव बढाउने निर्णय गर्नुपरेको जानकारी दिए ।

२००५ देखि ००८ सम्म सुरक्षा गार्डलाई ८०० दिराम दिइन्थ्यो । २००८ को संघीय कानुनले न्यूनतम तलब बढायो । तर, आर्थिक संकटका कारण दुबईमा न्यूनतम तलवमान समयमै लागू हुन सकेन ।

आर्थिक संकटबाट तंग्रिएपछि झण्डै ४० हजार सुरक्षागार्डको तलव बढाएर १४४० पुर्याइएको थियो ।