काठमाडौँ, ३० भदौ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ ।
हेभेन्ली कल्चर, वल्र्ड पिस, रिस्टोरेसन अफ लाइट र इन्स्टिच्युट अफ कल्चरल डिप्लोम्यासीको संयुक्त आयोजना अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारसम्बन्धी सम्मेलनमा भाग लिन उहाँ दक्षिण कोरियाको सिओल प्रस्थान गर्नुभएको हो ।
आगामी असोज १ गतेदेखि ३ गतेसम्म चल्ने उक्त सम्मेलनमा विश्वका पूर्व राष्ट्रप्रमुख र सरकार प्रमुखको सहभागिता रहने छ ।
सम्मेलनलाई नेपालको तर्फबाट रेग्मीले सहभागिता जनाउँदै सम्बोधनसमेत गर्नुहुने कार्यक्रम तय भएको उहाँका सहयोगी राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । नेपालको संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान पु¥याएबापत उहाँलाई सो सम्मेलनमा भाग लिन निमन्त्रण गरिएको बताइएको छ ।
















प्रतिक्रिया