१३ कार्तिक २०८३, शुक्रबार

लेबनानमा दुई नेपालीद्वारा ‘जाजुसी’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । इजरायलका लागि जासुसी गरेको आरोपमा लेबनानमा रहेका नेपाली दुई महिलासहित ५ जना पक्राउ परेका छन् ।

लेबनानी सञ्चार माध्यमका अनुसार २ लेबनानी, एक प्यालेस्टाइनी पुरुष र नेपाली २ महिलालाई बुधबार पक्राउ गरिएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

पक्राउ नेपाली महिलाले लेबनानमा घरेलु कामदारमा जाने नेपाली महिलालाई इजरायलका लागि जासुसीमा भर्ना गरेको बताइएको छ । पक्राउ परेकाहरुको बारेमा थप विवरण खुलाइएको छैन ।

उनीहरुले नेपालस्थित इजरायली दूतावाससहित इजरायली जासुसी संस्था मोसादलाई सूचना दिने गरेको समाचारमा उल्लेख छ ।

सञ्चार माध्यमका हनुसार आरोपीले बयान क्रममा आफ्नो अपराध कबुल गरिसकेका छन् । मोसादले भने यो घटनाको पुष्टि वा खण्डन गरेको छैन ।