४ मंसिर २०८३, शुक्रबार

इजरायलका लागि जासूसी गरेको आरोपमा लेबनानमा दुई नेपाली पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । इजरायलको लागि जासूसी गरेको भन्दै लेबनानमा दुई नेपाली महिला पक्राउ परेका छन् ।

लेबनानको जेनेरल सेक्युरिटी डिपार्टमेन्टले दुई नेपाली महिला, दुई लेबनानी र एक प्यालेष्टाइनीसहित ५ जनालाई पक्राउ गरेको अल्मानर डटकमले जनाएको छ ।

यसबारे लेबनानको जेनेरल सेक्युरिटी निर्देशनालयको सञ्चार कार्यालयले विज्ञप्ती जारी गरी पक्राऊबारे पुष्टि समेत गरेको छ ।

पक्राउ परेका नेपालीसहित पाँचै जनाको नाम खुलाइएको छैन् । उनीहरुले अनुसन्धानको क्रममा टर्की, जोर्डन, बेलायत र नेपालमा रहेको इजरायली दूताबासमा फोन सम्पर्क गरेको स्वीकारेका छन् ।

पक्राउ परेका दुई नेपाली महिलाहरु नेपालबाट लेबनानमा घरेलु कामदार लैजान सक्रिय रहने गरेको र उनीहरुले त्यस्ता कामदारलाई इजरायली दूतावासको सम्पर्क दिएर लेबनानबारे जानकारीहरु दिन लगाउने गरेको अनुसन्धानमा खुलेको बताइएको छ ।

अनुसन्धानपछि उनीहरुलाई सम्बन्धित अदालतमा उपस्थित गराइएको र जासूसीमा संलग्न अन्यको खोजी भइरहेको विज्ञप्तीमा जनाइएको छ ।